एनआईसी एशिया बैंकको ‘जति धेरै स्क्यान एण्ड पे, त्यति धेरै पैसा’ योजना « Arthapath.com
३० फाल्गुन २०७६, शुक्रबार

एनआईसी एशिया बैंकको ‘जति धेरै स्क्यान एण्ड पे, त्यति धेरै पैसा’ योजना



काठमाडौं । एन आई सी एशिया बैंकले मोबाइल बैंकिङ्गमा रहेको क्यू आर कोड स्क्यान गरी कारोबार गर्ने ग्राहकहरू तथा मर्चेन्टहरूलाई ‘जति धेरै स्क्यान एण्ड पे, त्यति धेरै पैसा’ योजना अन्तर्गत नगद उपहारको अफर ल्याएको छ । यो योजना अवधिभर मर्चेन्टहरूले १५ हजार रूपैयाँसम्म र ग्राहक महानहरुले १ हजार ५ सय रूपैयाँसम्म नगद प्राप्त गर्न सक्ने छन ।

साथै, लक्की ड्र मार्फत पाँच जना भाग्यमानी मर्चेन्टहरूले एक वर्षको लागि निःशुल्क इन्टरनेट प्याकेज प्राप्त गर्न सक्नेछन । यो योजना अन्तर्गत ग्राहकहरू तथा मर्चेन्टहरूले चैत १ देखि एक महिनासम्म मोबाइल बैंकिङ्ग मार्फत कारोबार गर्नुपर्ने बैंकको प्रमुख सर्त रहेको छ । बैंकले डिजिटल भुक्तानी सम्बन्धी अन्य थुप्रै योजनाहरू ल्याउदै आएको छ भने आगामी दिनहरूमा समेत यस्तै प्रकारका योजनाहरूलाई निरन्तरता दिनेछ । यस किसिमका योजनाहरूले आमजनमानसलाई डिजिटल बैंकिङ्गप्रति आकर्षित गर्ने तथा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै नेपाल सरकारको ‘डिजिटल नेपाल २०२०’ को लक्ष्यलाई समेत टेवा पु¥याउने बैंकले विश्वास लिएको छ ।

एन आई सी एशिया बैंकले विभिन्न नगद फिर्ता सम्बन्धी अफरहरू आफ्ना ग्राहक महानुभावहरू सामु नियमित रुपमा ल्याइरहेको छ । जस्तै, प्रत्येक शुक्रबार बेलुकी ८ बजे देखि शनिबार बिहान ८ बजेसम्म सञ्चालित ‘ह्याप्पी आवर’ मा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी ५ प्रतिशत वा १००÷– रूपैयाँसम्म नगद फिर्ता, पहिलोपटक विजुलीको बिल भुक्तानी गर्दा ५ प्रतिशत वा १,०००÷ रूपैयाँसम्म छुट, प्रत्येक बुधबार केएफसी तथा पिज्जा हटमा १० प्रतिशत नगद फिर्ता, प्रत्येक बुधबार दराज अनलाइनबाट सामान खरिदमा १० प्रतिशत वा ५००÷– रूपैयाँसम्म छुट, सोनी ब्राभिया टेलिभिजन खरिद गर्दा १० प्रतिशत वा २,०००÷ रूपैयाँसम्म छुट, ‘जति धेरै कारोबार, त्यति धेरै उपहार’ योजना अन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग गरी भाग्यमानी ग्राहक महानुभावहरूले १,०००÷– रूपैयाँसम्मको नगद उपहार लगायत विभिन्न योजनाहरू बैंकले सञ्चालन गरिरहेको छ । बैैंकको मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी रिचार्ज गर्दा ३ प्रतिशत छुट पनि उपलब्ध छ । यससँगै ग्राहक महानुभावहरूले मोबाइल बैंकिङ्ग र डेबिट कार्ड प्रयोग गरी २,२०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने आकर्षक फाइदा लिन सक्नुहुनेछ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४५४ एटिएम, १०७ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्