लुम्बिनी विकास बैंकको संचालकमा खतिवडा नियुक्त

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको संचालकमा केशव खतिवडा नियुक्त भएका छन । बैंकको सञ्चालकको पद रिक्त रहेकाले उनलाई नियुक्त गरिएको हो ।
फागुन २९ बसेको बैंकको सञ्चालक समितिको बैठकले खतिवडालाई सञ्चालकमा नियुक्त गरेको हो ।
सञ्चालकमा नियुक्त भएसँगै खतिवडाले संस्थापक सेयरधनीको प्रतिनिधित्व हुने गरी दिप इन्भेष्टमेन्ट प्रा.लि.को तर्फबाट सञ्चालक पदको जिम्मेवारी सम्हाल्ने बैंकले जनाएको छ ।