तिनाउ मिसन बैंकले आन्तरिक ऋण प्रक्रियालाई अटोमेसन गर्दै « Arthapath.com
३ चैत्र २०७६, सोमबार

तिनाउ मिसन बैंकले आन्तरिक ऋण प्रक्रियालाई अटोमेसन गर्दै



काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंकले आन्तरिक लोन (ऋण) प्रक्रियालाई अटोमेसन गर्नको लागि एसबी सोलुसनसँग सम्झौता गरेको छ । बैंकमा लोन अटोमेसन सिस्टमको प्रयोग गर्न तिनाउ मिसन डेभलपमेण्ट बैंकको तर्फबाट कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठ र एसबी सोलुसनको तर्फबाट अध्यक्ष बिपुल ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । लोन अटोमेसन सिस्टम माध्यमबाट बैंकले आन्तरिक लोन प्रक्रियालाई सरल तथा सुलभ तरिकाले अटोमेनसन तथा डिजिटल गर्ने भएको छ ।
लोन अटोमेसन सिस्टमले बैंकको पेपरमा आधारित सबै लोन(ऋण) वर्कफ्लोलाई परिर्माजित गरी, लोनका क्लाइन्टहरु मोनिटर गर्न, रिस्क एसेसमेन्ट गर्न, क्रेडिट डकुमेन्टेसन तथा लोन एप्रुभ गर्नको लागि सहज हुने अपेक्षा लिइएको छ । एसबी सोलुसनको लोन अटोमेसन सिस्टम अन्तराष्ट्रिय मापदण्ड अनुसार निर्माण भएको सफ्टवेयर हो । यसले ऋण व्यवस्थापन प्रणालीलाई ५० प्रतिशत छिटो, सहज र विश्वासिलो बनाउने कम्पनीले दाबी गरेको छ । यसैगरी तिनाउ मिसन डेभलपमेण्ट बैंक नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजत प्राप्त संस्था हो । तिनाउ मिसन डेभलपमेण्ट बैंकका दुई लाख भन्दा बढि ग्राहक र ५४ शाखा कार्यालयहरु रहेका छन् । तिनाउ मिसन डेभलपमेण्ट बैंकले पछिल्लो पटक मिसन डेभलपमेन्ट बैंकसँग मर्जर गरी नेपाल कम्युनिटि डेभलपमेन्ट बैंकलाई एक्वायर गरेको छ ।
त्यसैगरी एसबी सोलुसनले विभिन्न बैंक तथा कर्पोरेट हाउसका प्रोडक्ट तथा प्रक्रियालाई डिजिटलाइजेसन तथा अटोमेसन प्रदान गर्दै आएको छ । यसै अनुसार यसले विभिन्न बैकिङ प्रणालीलाई सहज बनाउने सिस्टमहरुको विकास गरेको छ । लोन एप्रोभिङ सिस्टम, अनलाइन एकाउन्ट ओपनिङ, डकुमेन्ट म्यानेजमेन्ट सिस्टम, भेन्डर म्यानेजमेन्ट सिस्टम, बजेट म्यानेज्मेन्ट सिस्टम यस कम्पनीका मुख्य प्रोडक्टहरु हुन् । १५ बढि फाइनान्सियल इन्स्टिच्युटहरु र कर्पोरेट हाउसहरुमा एसबी सोलुसनका प्रोडक्टहरु प्रयोग भइसकेका छन ।


प्रतिक्रिया दिनुहोस्