एनआइसीले खुलायो संस्थापक शेयर लिलाम बिक्री « Arthapath.com
४ चैत्र २०७६, मंगलवार

एनआइसीले खुलायो संस्थापक शेयर लिलाम बिक्री



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नाममा रहेको संस्थापक शेयर लिलाम बिक्री गर्ने भएको छ । बैंकले इन्स्योरेन्स (एसएलआइसिएल) को ३९ हजार १०० कित्ता संस्थापक शेयर लिलाम गरी बिक्री गर्न लागेको हो ।

शेयर खरिदका लागि आज चैत ४ गते देखि चैत १२ गतेसम्म बोलपत्र पेश गर्न सकिने छ ।

शेयरको न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन ।

लिलामी शेयरको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको लगानीकर्ताले एनआईसी एशिया क्यापिटलका साथै एनआईसी एशिया बैंकका विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी, सुर्खेत र काठमाडौँ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन।


प्रतिक्रिया दिनुहोस्