एभरेस्ट बैंकको टिच फर नेपाललाई आर्थिक सहयोग « Arthapath.com
५ चैत्र २०७६, बुधबार

एभरेस्ट बैंकको टिच फर नेपाललाई आर्थिक सहयोग



काठमाडौं । एभरेस्ट बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरेको छ । बैंकले उक्त कार्य अन्तर्गत एक हिस्साका रूपमा हालसालै शिक्षामा सीएसआरको पहलअन्तर्गत टिच फर नेपाललाई सहयोग पुर्याउन चेक हस्तान्तरण गरेको छ ।

टिच फर नेपाल उत्कृष्ट विश्वविद्यालय स्नातकहरू र युवा पेसेवरहरूको एक पहल हो जुन नेपालमा शिक्षा असमानता अन्त्य गर्न प्रतिबद्ध छन् जसले सार्वजनिक विद्यालयहरूमा दुई वर्षको फेलोसिप शिक्षणको साथ सुरु गर्दै आइरहेको छ ।

एभरेस्ट बैंकले नेपालका विभिन्न सरकारी र सार्वजनिक विद्यालयहरूमा शिक्षा, सरसफाइ र खानेपानीलाई सहयोग गरिरहेको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्