नेपाल इन्भेस्टमेन्ट बैंकको चाँगुनारायण नगरपालिका ३ मा एक्सटेन्सन काउन्टर स्थापना « Arthapath.com
५ चैत्र २०७६, बुधबार

नेपाल इन्भेस्टमेन्ट बैंकको चाँगुनारायण नगरपालिका ३ मा एक्सटेन्सन काउन्टर स्थापना



काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं ३ मा आफ्नो एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । नयाँ खुलेको दुवाकोटास्थित विस्तारित (एक्सटेन्सन) काउन्टर दक्षिणमा भक्तपुर नगरपालिका र पश्चिममा मध्यपुर ठिमी नगरपालिकाले घेरिएको छ ।

यो काठमाडौंको केन्द्रबाट करिब २० किलोमिटर दूरीमा छ । दुवाकोटको एक्सटेन्सन काउन्टर स्थानीय मागलाई पूरा गर्ने गरी पूर्ण विस्तारित काउन्टरका रूपमा सञ्चालित हुने छ ।

यो नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईबीएल) को १७ औं एक्सटेन्सन काउन्टर हे, जो हाम्रा ग्राहकहरूको वित्तीय पहुँचमा सहयोग पु¥याउने तथा वित्तीय साक्षरतालाई व्यापक तुल्याउने उद्देश्यसहित उद्घाटन गरिएको हो ।

एनआईबीएलले ८२ शाखा, १२४ एटीएमहरू, १७ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू तथा ५६ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

यो बैंकले अनुकरणीय सेवा र व्यवसायका लागि पाँच पटकसम्म बैंक अफ द इयर अवार्डका साथै अन्तर्राष्ट्रिय प्रकाशन युरोनोमीद्वारा ‘बेस्ट बैंक–२०१८’ युरोनोमी अवार्ड प्राप्त गरिसकेको छ । यसका साथै, इक्रा नेपाल (इन्टरनेसनल क्रेडिटरेडिङ एजेन्सी–नेपाल) द्वारा ए प्लसको क्रेडिट रेटिङ पनि प्राप्त गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्