सिभिल बैंकको शाखा अब अत्तरखेलमा « Arthapath.com
७ चैत्र २०७६, शुक्रबार

सिभिल बैंकको शाखा अब अत्तरखेलमा



काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा काठमाण्डौ जिल्लाको अत्तरखेलमा आफ्नो शाखा संचालनमा ल्याएको छ ।

अत्तरखेल शाखाको समुद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे तथा सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गानाले संयुक्त रुपमा गर्नुभयो । नेपाल सरकारद्वारा कोरोना रोगबाट बच्नका लागि जारी गरिएको सुचनालाई पालन गर्दै पूर्व निर्धारित उद्घाटन समारोहलाई स्थगित गरी अनौपचारीक रुपमै अत्तरखेल शाखाको उद्घाटन गरिएको थियो ।

सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री ओख्रेनी माध्यमिक विद्यालय, सुन्दरीजल, काठमाण्डौलाई विद्यालयको ई–लाईव्रेरीको लागि १ थान कम्प्युटर तथा रामजानकी आधारभुत विद्यालय, नयॉपाटी, काठमाण्डौका विद्यार्थीहरुका लागि ५० थान स्कूल ब्याग हस्तान्तरण गरीयो । सो कम्प्युटर तथा स्कूल ब्याग सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गानाद्वारा सम्बन्धित विद्यालयका पदाधिकारीलाई प्रदान गरियो ।

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले अत्तरखेलमा शाखा स्थापना संगै ब्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकुल वातावरणलाई प्रोत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिदै उक्त क्षेत्रका बासिन्दाहरुलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफुसंग भएको सानो सानो पुंजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरे ।

उक्त समारोहका सभापति तथा सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गानाले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भब नहुने बताए ।

हालसम्म ४३०,००० भन्दा बढी ग्राहकहरु रहेको करीव रु. ५४ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु. ५२ अर्व कर्जा लगानी गरेकोे सिभिल बैंकको ११३ वटा शाखाहरु तथा २ वटा एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिंग सेवा काउन्टरबाट सेवा प्रदान गर्दै आएका बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्