अत्याआवश्यक भित्र पर्ने बैंक वित्तिय संस्था खुल्ने « Arthapath.com
९ चैत्र २०७६, आईतवार

अत्याआवश्यक भित्र पर्ने बैंक वित्तिय संस्था खुल्ने



काठमाडौं । कोरोना भाइरसका कारण सरकारले अत्यआवश्यक बाहेक घर बाहिर ननिष्कन गरेको आग्रह बमोजिम धेरैजसो कार्यालयहरु बन्द हुन थालेका छन भने केहीले घरबाटै सेवा सुचारु गरेका छन ।

तर अत्यआवश्यकभित्र पर्ने बैंक वित्तिय संस्था भने नियमित खुल्ले कार्यवहाक गभर्नर तिन्तामणी शिवाकोटीले बताए । बैंकिङ सेवा जनताको निक्षेप रहेको क्षेत्र रहेको र अत्यआवश्यक सेवा अन्र्तगत पर्ने भएकाले बैंक वित्तिय संस्था अर्को निर्णयनभएसम्मको लागी सुचारु हुने शिवाकोटीले बताए ।

नेपाल राष्ट्र बैंक र बैंकर्स संघले सकेसम्म घरमै बसेर विद्युतिय कारोवार गर्न सर्वसाधारणमा आग्रह गरेको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु सबैले सबै शाखाहरु खुल्छन सेवाग्राहीले सेवाबाट वन्चित हुँनुपर्दैन शिवाकोटीले भने ।

बैंकहरुले जुनुशुकै बैंकबाट एटिएममार्फत रकम झिक्दा अतिरीक्त शुल्न नलाग्ने बताएका छन । एसएमएस बैंकिङलगायत विद्युतीय कारोवारमा शुल्क नलाग्ने बैंकर्स संघले बताएको छ ।
बैंकहरुले आफ्ना कर्मचारीहरुलाई माक्स, स्यानिटाइजर र ग्लोप्स लगाएरमात्र क्यासको कारोवार गर्न आग्रह गरेका छन । बैंकहरुले आफ्ना काउन्टरमा २५ जनाभन्दा बढी एकैपटक छिर्न नदिने तथा बैंकका शुरक्षा गार्डले तापक्रम नापेरमात्रै भित्र पसाउने गरेका छन ।


प्रतिक्रिया दिनुहोस्