प्रभु बैंकका सिईओ शेरचन भन्छन्,‘टिभी हेरेर र लेख लेखेर दिन काट्दैछु’ « Arthapath.com
१७ चैत्र २०७६, सोमबार

प्रभु बैंकका सिईओ शेरचन भन्छन्,‘टिभी हेरेर र लेख लेखेर दिन काट्दैछु’



मुलुक यतीबेला कोरोना भाइरस (कोभिड १९) का कारण त्रसित छ । अहिले नेपालमात्रै होइन महाशक्ती राष्ट्रहरु समेत कोरोनाको प्रकोपले अक्रान्त भैराखेका छन । देशमा १ साताअघि लागेको लकडाउन पुनः एक साता थपिएको छ ।

सरकारले लकडाउनमार्फत प्रकोप फैलन नदिन अझै १ साता लम्व्याएको छ । सबै नेपाली घर घरमा बसिरहेका छन । राष्ट्र बैंकले संभव भएसम्म बैंकका काउन्टर खोलेर जनतालाई सेवा दिनु भनेकाले जनताको आवश्यकता हेरेर साखा खोलेको बताउँछन प्रभु बैंकका सिईओ अशोक शेरचन ।
जनताको अत्यआवश्यक भित्र पर्ने बैंक वित्तिय संस्थाका केही सिमित काउन्टरमात्रै खुलेका छन । बैंकमा सर्वसाधारणको उपस्थिती एकदमै न्यून हुँदै आएको छ । बैंकहरुले सर्वसाधारणको डिपोजिट लिनेदिने र अत्यआवश्यक एलसीका काम बाहेक केही काम गरेको छैन ।

प्रायः सबै व्यस्त रहने बैंकका सिइओहरुलाई यतीबेले दिन काट्न मुष्किल परेको छ । लकडाउनको अवस्थामा के गर्दै छन भन्ने अर्थपथको जिज्ञासामा प्रभु बैंकका सिईओ अशोक शेरचन भन्छन् टिभी हेरेर, पुस्तक पढेर र लेख लेखेर वित्ने गरेको बताउँछन् । म पनि होम क्वारेन्टाइन जस्तै बसेको छु । सरकारले बेलैमा लक ठाउन गरेकाले हालसम्म ठुलो घट्ना देखिएको छैन शेरचन बताउँछन् । शेरचनको भेटघाट नितान्त बन्द छ ।

दैनिक अफिसको काममा व्यस्त हुने बैंकरको दिनचर्या अहिले घरमा टिभी हेर्ने पढ्ने खेल्ने परिवारसँग रमाएर वितिरहेको छ । यस्तै छ अशोक शेरचनको पनि दिनचर्या । उनले आफ्ना बैंकका ग्राहाकहरुलाई सकेसम्म सुरक्षितसँग बस्न आग्रह गर्छन । सकेसम्म बैंकमा नआउन र डिजिटल कारोवार गर्न आग्रह गरेको बताएका छन् । दैनिक २ लाख ट्रान्जेक्सन हुने बैंकिङ क्षेत्रमा अहिले घटेर २५ हजारमा झेरको शेरचन बताउँछन् । अहिले सबै सर्वसाधारण क्वारेन्टाइनमा बसेका छन् ।
सबै साखा प्रमुखहरुलाई सम्पर्कमा रहन निर्देशन दिएका छौं । बैंकका कर्मचारी सबैलाई सेवामा तयार रहन निर्देशन दिएका छौं । अहिले सरकार आफैले बाहिर ननिस्कन भनेकाले बैंकको तर्फबाट सरकारलाई सहयोग गर्ने तयारीमा छौं । छिट्टै बोर्ड बैंठक बसेर सरकारी फण्डमा रकम जम्मा गर्ने बारेमा सोचिरहेका छौं ।


प्रतिक्रिया दिनुहोस्