प्रभु बैंकको ऋणपत्र साउन १९ गतेदेखि खुल्ने
काठमाडौं । प्रभुबैंक लिमिटेड ले साउन १९ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।
बैकले वार्षिक १० प्रतिशत ब्याजदरमा २ अर्ब रुपैयाँ बराबरको क्रणपत्र बिक्री गर्न लागेको हो ।
ऋणपत्रमा साउन २३ गतेदेखि भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ ।
बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।
निष्काशन गरिने कुल ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गर्नेछ ।
सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत ऋणपत्र सामूहिक लगानी कोषका लागि र बाँकी ७ लाख ६० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने बैकंले जनाएको छ ।
सो ऋणपत्रमा लगानीकर्ताले २५ कित्ताकादेखि ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। । बैंकले ८ वर्षको ऋणपत्रमा वार्षिक १० प्रतिशतका दरले ब्याजदर भुक्तानी गर्नेछ।
ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।