ठुलो बैंकको ठुलै सहयोग, नबिल बैंकले दियो सरकारलाई ६ करोड « Arthapath.com
१ भाद्र २०७७, सोमबार

ठुलो बैंकको ठुलै सहयोग, नबिल बैंकले दियो सरकारलाई ६ करोड



काठमाडौं । निजी क्षेत्रको पहिलो र ठुलो बैंक नविल बैंककले नेपाल सरकारलाई ६ करोड सहयोग गरेको छ । आइतबार शिंहदरबारमा आयोजित एक कार्यक्रमकाविच नविल बैंकका संचालक निर्वाण चौधरी र बैंकका सीईओ अनिलकेशरी शाहले अर्थमन्त्री डा युवराज खतिवडालाई ६ करोड सहयोग रकम हस्तान्तरण गरे ।

सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा ६ करोड रुपैया“ नविल बैंकले सहयोग गरेको हो । बैंकले सामाजीक उत्तरदायित्व अन्र्तगतको सो रकम सहयोग गरेको हो । कार्यक्रममा बैंकका संचालक एवम् सामाकिज उत्तरदायित्व समितिका संयोजक निर्वाण्ँ चौधरीले सरकारलाई यती धेरै रकम सहयोग गर्न पाउँदा खुशी लागेको बताए । कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले प्राप्त रकम पारदर्शी तवरले कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा खर्च गरिने बताए ।

कार्यक्रममा बैंकका सीईओ अनिल केशरी शाहले बैंकले नेपालमा कोरोना भाइरस महामारीका प्रभावहरू विरुद्ध लड्न नेपाल सरकारको प्रयासमा योगदान पु¥याउन पाउनु ठूलो सम्मान रहेको बताए । नविल बैंककले यसअघि पनि कर्णली प्रदेशमा पिसिआर परिक्षण गर्ने मेसिन खरिद गरिदिएको थियो ।

राष्ट्र बैंककले जारी गरेको मौद्रिक निती अनुसार बैंकहरुको सामाजीक उत्तरदायित्वको बा“की रकम सरकारको कोरोना कोषमा राख्न आग्रह गरेको थियो । सोही आग्रह अनुसार बैंकहरुले बा“की रकम हस्तान्तरण गरेका हुन ।


प्रतिक्रिया दिनुहोस्