ओलीका युवराजमाथी अनियमितताको आरोप, क्यापिटल मर्चेन्ट फाइनान्सबाट अनुचित लाभ लिएको उजुरी « Arthapath.com
३ कार्तिक २०७७, सोमबार

ओलीका युवराजमाथी अनियमितताको आरोप, क्यापिटल मर्चेन्ट फाइनान्सबाट अनुचित लाभ लिएको उजुरी



काठमाडौं । पुर्व अर्थमन्त्री डा. युवराज खतिवडामाथी ४ ओटा उजुरी परेको छ । सरकारले १५ आश्विनमा अमेरीकाको लागी नेपाली राजदुतमा सिफारिसमा परेका डा. खतिवडाको संसदीय सुनुवाई भएको छैन । संसदको सुनुवाइ समितिले डा. खतिवडासंगै बेलायतको लानी नेपाली राजदुतमा सिफारिस भएका पुर्व मुख्य सचिव लोकदर्शन रेग्मी विरुद्ध पनि उजुरी परेको छ ।

पुर्व अर्थमन्त्री खतिवडा राजतुतमा सफिारिस हुनुपुर्व प्रधानमन्त्रीका विषेस आर्थिक सल्लाहाकार, नेपाल राष्ट्र बैंकको पुर्व गभर्नर, राष्ट्रिय योजना आयोगको सदस्यहुँदै उपाध्यक्षसमेत भैसकेका व्यक्ति हुन ।

सधैं पदमा बसेका खतिवडा विरुद्ध सरकारले किन राजदुत बनाउन लागेको भन्दै प्रश्न गरिएको छ । खतिवडा र रेग्मी दुबै विरुद्ध ४÷४ ओटा उजुरी परेको सुनुवाई समितिको सदस्य तथा कांग्रेस सांसद पुष्पा भुषलले बताइन ।

खतिवडाले राष्ट्र बैंकमा हुँदा क्यापिटल मेर्चेन्ट फाइनान्सबाट अनुचित लाभ लिएको उजुरीमा उल्लेख छ । खतिवडाकै कार्यकालमा क्यापिटल मर्चेन्ट फाइनान्स धारासायी बनेको थियो । हाल लिकुडेसनमा रहेको सो फाइनान्स बाणिज्य बैंक बन्न पुँजी पुर्याएर बसेको थियो । सो काण्डसंग जोडेर खतिवडालाई किन राजदुत बनाउने भनेर संसदिय सुनुवाइ समितिमा उजुरी परेको छ ।

त्यस्तै मुख्य सचिवको कार्यकाल बाँकी छँदै बेलायतको राजदुतमा सफिारिस भएका लोकदर्शन रेग्मीमाथी पनि भौतीक पुर्वधार र गृह सचिव हुँदा कर्मचारीसंंग घुस लिएको उजुरी परेको छ । यी प्रश्तावित राजदुतहरुको सुनुवाई यही कात्तिक १७ गतेअघिनै उजुरीकर्ताहरुलाई बोलाइएको सांसद भुषालले बताइन ।

रेग्मीको झण्डै १ महिना मुख्यसचिवको कार्यकाल बाँकी हुँदै राजिनामा दिएर राजदुतमा सिफारिसमा पर्न सफल भएका थिए । प्रधानमन्त्री ओलीलाई कार्यकालभरी असहयोग गरेका रेग्मी अन्तत उनै प्रधानमन्त्रीबाट पुरस्कृत बन्न सफल भएका छन ।


प्रतिक्रिया दिनुहोस्