कृषि विकास बैंक ह्याकिङ गर्ने थप एकजना पक्राउ « Arthapath.com
१६ मंसिर २०७७, मंगलवार

कृषि विकास बैंक ह्याकिङ गर्ने थप एकजना पक्राउ



काठमाडौं । कृषि विकास बैंक ह्याकिङ प्रकरणमा संलग्न थप एकजना पक्राउ परेका छन् । धादिङ जिल्लाको रुवीभ्यालीका ५४ वर्षीय खम्ब घलेलाई पक्राउ गरिएको प्रहरी महाशाखाले जनाएको छ । उनी ३५ मध्ये प्रमुख पाँचभित्र पर्ने अभियुक्त रहेको प्रहरीले जनाएको छ । महाशाखाबाट खटिएको टोलीले घलेलाई गए राति काठमाडौँको स्वयम्भूबाट पक्राउ गरी सङ्गठित अपराध कसुरमा थप कारबाहीका लागि आज काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ । कृषि विकास बैंकको सूचना प्रणालीमा अनाधिकृत पहुँच राखी पैसा रकमान्तर गरी भुक्तानी लिने गरेको पाइएकाले उनीहरुलाई पक्राउ गरेको हो । घले फरार हुँदै आएका थिए ।

सङ्गठित अपराधमा संलग्न व्यक्तिले बैंकको वित्तीय प्रणालीमा पहुँच राखी पैसा रकमान्तर गरी बैंकलाई झण्डै ५ करोड हानि–नोक्सानी पु¥याउने कार्यमा गिरोह नै सक्रिय रहेका थिए । उक्त मुद्दामा ३५ जना संलग्न भएको प्रहरीको अनुसन्धानमा खुलेको छ । अहिलेसम्म कुल २९ जना पक्राउ परिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्