दक्षिण कोरियाबाट सजिलै रकम पठाउन एनआईसी एशिया बैंक र Sentbe रेमिटबीच साझेदारी « Arthapath.com
३० मंसिर २०७७, मंगलवार

दक्षिण कोरियाबाट सजिलै रकम पठाउन एनआईसी एशिया बैंक र Sentbe रेमिटबीच साझेदारी



काठमाडौं । दक्षिण कोरियाबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूका खातामा रकम तुरुन्त पठाउन सकिने गरी एनआईसी एशिया बैंक र Sentbe रेमिटबीच रणनीतिक साझेदारीको सुरुवात भएको छ । दक्षिण कोरियामा बस्दै आउनुभएका नेपालीहरूले अब बिना झन्झट मोबाइल एवं कम्प्युटरको प्रयोगबाटै यस बैंक तथा नेपालका अन्य कुनै बैंक खातामा अनलाइनमार्फत रकम जम्मा गर्न सक्ने छन् ।

उक्त सुविधाका अलावा कोरियाबाट देशभर छरिएर रहेका यस बैंकका १० हजार भन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत आफुले इच्छाएको व्यक्तिलाई सहज रुपमा रकम पठाउन समेत सकिने व्यवस्था रहेको छ । कोरियामा बसोबास गरिरहनुभएका नेपालीहरूले Sentbe रेमिटको वेबसाइट Sentbe.com तथा मोबाइल एपमार्फत कुनै पनि खाता तथा आफन्तका नाममा रकम पठाउन सक्ने छन् ।


प्रतिक्रिया दिनुहोस्