एनएमबिको बचतमा सर्वाधिक ब्याजदर « Arthapath.com
१५ माघ २०७७, बिहीबार

एनएमबिको बचतमा सर्वाधिक ब्याजदर



काठमाडौंं । कोभिडका कारण बैंकमा तरलता थुप्रिएपछि धमाधम बैंकले ब्याजदर घटाइरहको समयमा एनएमबि बैंकले बचतमा सबैभन्दा बढी ब्याजदर दिएको दाबी गरेको छ । बैंकहरुमा निक्षेप थुप्रिरहेको र साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहको अवस्थामा सबै वर्गलाई समेट्ने गरी एनएमबि बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरिरहेको बताएको हो ।

माघ महिनाअघि देखि नै बचतमा बढी ब्याज दिन सुरु गरेको एनएमबि बैंकले सर्वसाधारण ग्राहकलाई वाणिज्य बैंकमध्ये सबैभन्दा बढी ब्याज बचतमा ५.१ प्रतिशतसम्म र मुद्दतीमा ८.१ प्रतिशतसम्म प्रदान गरिरहेको छ । हाल मुख्यतः बैंकहरु कर्जा सापटीमा केन्द्रित भएको देखिए पनि चार वर्षमा तीनपटक बैंक अफ द इयर अवार्ड पाएको एनएमबिले भने साना निक्षेपकर्तालाई मर्का नपरोस् भनेर अधिकतम ब्याजको योजना अघि सारेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्