दोस्रो त्रैमासमा मेगा बैंकको छलाङ, खुद नाफा ३७ प्रतिशतले बढायो « Arthapath.com
१६ माघ २०७७, शुक्रबार

दोस्रो त्रैमासमा मेगा बैंकको छलाङ, खुद नाफा ३७ प्रतिशतले बढायो



काठमाडौं । मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३० करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष दोस्रो त्रैमाससम्ममा बैंकले ९५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको यस अवधिको तुलनामा ३७.२८ प्रतिशत रुपैयाँ बढि नाफा आर्जन गरेको हो ।

दोस्रो त्रैमाससम्ममा बैंकले २ अर्ब ६९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा बैंकले २ अर्ब १३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षको यस अवधिको तुलनामा ५६ करोड ७३ रुपैयाँ धेरै खसद ब्याज आम्दानी गरेको हो । त्यस्तै, बैंकको सञ्चालन मुनाफा पनि ४६ करोड ८९ लाख रुपैयाँ बढेर १ अर्ब ८२ करोड ८४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको यस्तो मुनाफा १ अर्ब ३५ करोड ९७ लाख रुपैयाँ रहेको थियो ।

बैंकले यस अवधिमा १ खर्ब २८ अर्ब ६२ करोड निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब ३९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । चुक्ता पूँजी १४ अर्ब ६५ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब ९४ करोड रुपैयाँ र रिटेन्ड अर्निङ्ग १ अर्ब ३० करोड रुपैयाँ रहेको छ । यस्तै बैंकको वितरण योग्य मुनाफा ६८ करोड १३ लाख रुपैयाँ रहेको छ।

बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ९७ पैसा, प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ६४ पैसा र मूल्य आम्दानी अनुपात १५.८० गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्