सिप्रदीसँग गाडी किन्दा सांग्रिलाले बिना धितो ७०% कर्जा दिने « Arthapath.com
१५ असार २०७८, मंगलवार

सिप्रदीसँग गाडी किन्दा सांग्रिलाले बिना धितो ७०% कर्जा दिने



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.बीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबीच आयोजित एक कार्यक्रममा सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कर्जा अधिकृत रजित मास्के र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का तर्फबाट उक्त कम्पनीका प्रमुख बजार ब्यवस्थापक अणुपमनि ढकालले हस्ताक्षर गरेका छन् ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा सम्झौतापश्चात् ग्राहकहरुले ७० प्रतिशत बिना धितो कर्जा प्राप्त गर्न सक्नेछन् ।

TATA SCV cargo and Pick up vehicle ब्राण्डको गाडीको आधिकारीक बिक्रेता सिप्रदी टे«डिङ्गबाट नयाँ गाडी खरीद गर्न चाहेमा आकर्षक व्याजदरमा सम्पूर्ण गाडीको मूल्यको ७० प्रतिशतसम्म बिना धितो कर्जा सुविधा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्ने भएका छन् ।

ग्राहकहरुबाट सम्पूर्ण आवश्यक कागजात प्राप्त भएको ३ दिन भित्र उक्त गाडी खरिदका लागि कर्जा प्रदान गरिनेछ । यस सेवा अन्तर्गत ग्राहक महानुभावहरुले बैंकको हाल संचालनमा रहेका ९५ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई यस किसिमको कर्जा प्रदान गरिने छ ।


प्रतिक्रिया दिनुहोस्