विदेशबाट रेमिट्यान्स पठाउने निक्षेपकर्तालाई बढी ब्याज ! « Arthapath.com
२९ श्रावण २०७८, शुक्रबार

विदेशबाट रेमिट्यान्स पठाउने निक्षेपकर्तालाई बढी ब्याज !



काठमाडौं । अब नेपालभित्र दुःख जिलो गरेर कमाइ गर्नेले भन्दा विदेशमा बसेर रेमिट्यान्स पठाउनेले बैंकमा बढी ब्याज पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिले वैदेशिक रोजगारीमा रहेका नेपालीको विप्रेषणलाई बैंकिङ प्रणालीमार्फत् भित्र्याउन यस्तो नीति लिएको हो ।

‘विप्रेषण रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा न्यूनतम १ प्रतिशत बिन्दु थप ब्याज पाउने व्यवस्था मिलाइने छ,’ मौद्रिक नीतिमा उल्लेख छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले रेमिट्यान्स आयलाई बचत गर्न प्रोत्साहित गर्ने उद्देश्यले यस्तो नीति लिएको बताए ।


प्रतिक्रिया दिनुहोस्