माछापुच्छे बैंकको मोबाईल लकर नारायणहिटि दरबार संग्रहालयमा « Arthapath.com
९ मंसिर २०७८, बिहीबार

माछापुच्छे बैंकको मोबाईल लकर नारायणहिटि दरबार संग्रहालयमा



काठमाडौ । माछापुच्छे बैंकको मोबाईल लकर सुविधा नारायणहिटि दरबार संग्रहालयमा हुने भएको छ । माछापुच्छे बैंकले नारायणहिटि दरबार संग्रहालय घुम्न आउने आगुन्तकहरुको लागि मोबाईल लकर नारायणहिटि दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन विकास समितिलाई हस्तान्तरण गरेको हो ।

नारायणहिटि दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन विकास समितिको आज भएको एक औपचारिक कार्यक्रममा संस्कृति,पर्यटन तथा नागारिक मन्त्रालयका सचिव यादव प्रसाद कोईला र बैंकका अध्यक्ष डा.वीरेन्द्र प्रसाद महतोले उक्त मोबाईल लकरको संयुक्त रुपमा उद्घाटन गरेका छन ।

बैंकले देशभर रहेका १६२ बटा शाखाहरु र १५४ शाखारहित बैकिङ्ग सेवा, ६ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२२ स्थानवाट १० लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ् सुविधा प्रदान गदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्