बैंकिङ सेवामा वर्तमान परिदृश्य र विजनेश प्रोसेसिङ अटोमेशन « Arthapath.com
१२ मंसिर २०७८, आईतवार

बैंकिङ सेवामा वर्तमान परिदृश्य र विजनेश प्रोसेसिङ अटोमेशन



समीर श्रेष्ठ

अर्थतन्त्रको कुरा गर्दा बैंक तथा वित्तिय संस्थाहरु महत्वपूर्ण हुन्छन् र यी संस्थाहरु मुख्य–रुपमा संवेदनशील डेटा र सूचनाद्धारा संचालित हुन्छन् । बैंकिङ्ग क्षेत्र भनेको एउटा निकै प्रतिस्पर्धात्मक वातावरण रहने संस्था पनि भएकोेले जहाँ रि–इञ्जिनियरिङको लगातार आवश्यक रहन्छ । बजार भित्रको डेटाको मात्रा र गहन नियमहरुले यी संस्थाहरुलाई डिजिटलाईजेसन यात्रामा लाग्न, तिनीहरुको व्यवहारिकता कायम राख्न र प्रनिस्पर्धात्मकता सुनिश्चित गर्न अनिवार्य बनाएको छ ।

हाल नेपालमा रहेका बैंक तथा वित्तिय संस्थाहरुले सूचना प्रविधि (आईटी) लाई अँगालेर आफ्ना ग्राहकलाई विभिन्न प्रकारका सुविधा सरल एवं सहज बनाउँदै गईरहेका छन् । यस अवस्थामा मुख्यतः ‘कोर बैंकिङ प्रणाली’ देखी मोबाईल प्रविधीको मद्दतले आफ्ना ग्राहकको हात–हातमा डिजिटल बैंकिङ्ग सेवा पुर्याउन सफल भएका छन्, जुन निकै प्रशंसनीय छ ।

बैंक तथा वित्तिय संस्थाहरुले ‘फ्रण्ट अफिस’ लाईमात्र बढी प्राथमिकता दिइरहँदा अर्कातर्फ ‘ब्याकअफिस अपरेशन’ मा पर्यापत ध्यान दिन सकिहरेका छैनन् । आन्तरिक कार्यहरु भौतिक प्रकियामा नै सम्पादन भईरहँदा कर्मचारीबाट निकै समय र मिहेनत खर्च हुने, बारम्बार रि–वर्क गर्नुपर्ने जस्ता कारणले म्यानूयल प्रोसेसिङ्ग महँगो र ढिलो छ ।

यसले बेलाबखत असंगत परिणाम र उच्च त्रुटी दरजस्ता जोखिम निम्त्याउन सक्छ । ‘विजनेश प्रोसेस अटोमेशन–(बीपीए)’ एक उदयमान आधुनिक कम्प्यूटर सफ्टवेयर हो र यसको मद्दतले बैंक तथा वित्तिय संस्थाहरुको समग्र उत्पादकत्व बढाउन विशेष डिजाइन गरि बनाईएको हुन्छ ।

बीपीए के हो ?

हाल, कोभिड–१९ को प्रकोपले नेपालका वित्तिय संस्थाहरुलाई आफना दैनिक कार्यशैलिमा पुर्नविचार गर्न बाध्य पारेको छ र आन्तरिक व्यवस्थापनलाई पूर्णरुपले अटोमेशनमा रुपान्तरण गर्नका लागी एक वेक–अप कलको रुपमा लिईएको पनि देखिन्छ । प्रगतिशिल बैंक तथा वित्तिय संस्थाहरुले ‘ब्याक अफिस अपरेशन’लाई स्वचालित रुपमा कार्य सम्पादन गर्न, उत्पादकत्व बढाउन र नाफा बढाउनका लागी दु्रत रुपमा बीपीए अपनाउन शुरु गरिसकेका छन् । यसलाई उनीहरुको व्यवसाय रणनीतिको अभित्र अंगको रुपमा कार्यान्वयन गर्दै छन् । 

उदाहरणका लागी, ग्राहकलाई ऋण प्रदान गर्नका लागी विभिन्न चरणहरुमा विस्तृत अपलेखन सहित प्रक्रियाहरु पुरा गर्नु पर्ने हुन्छ । म्यानूयल रुपमा लोन प्रसोसिङ्गका लागी धेरै कागजी कार्यहरु समावेश हुन्छन् जसले गर्दा अनुमोदन र प्रमाणिकरणमा अत्याधिक ढिलाई हुने, अस्पष्ट बाधाहरुले रि–वर्क गरिरहनु पर्ने हुन्छ । प्रगतिशिल वित्तिय संस्थाहरुले सम्भावित मानवीय त्रुटि हटाउन, अनावश्यक र जटिल कार्यहरुलाई सरलीकृत गर्न, दक्षता सुधार गर्न, सेवाको गुणस्तर बढाउन, छिटो लक्ष्य हासिल गर्न र परिचालन लागत घटाउनका लागी बीपीए अथवा स्वचालनमा रुपान्तरण गरिरहेको पाईन्छ ।

बीपीए कुनै एक निश्चित विभाग, एकाई वा अपरेशनमा मात्र सीमित नभई समग्र संस्थाको आन्तरिक विजनेस, कन्ट्रोल र सर्पोटमा आवश्यक रहने विभिन्न प्रकारका जटिल ‘वर्क फ्लो’हरुलाई पनि डिजिटल रुपान्तरण गर्दछ । यसले संस्थालाई अझ सबल, व्यवस्थित गर्न सहयोग गर्छ । साथै, बीपीए लागू गर्ने वित्तीय संस्थाहरु प्रतिस्पर्धी फाइदा पहिचान गर्न र छिटो परिणाम प्रदान गर्न सक्षम भएको छ । बीपीएले समग्र मानविय प्रयास र हस्तक्षेपलाई कम गर्दछ । ताकि कर्मचारीहरु अन्य जटिल र महत्वपूर्ण काममा ध्यान केन्द्रित गर्न सकुन् ।

निश्कर्ष

बैंक तथा वित्तिय संस्थाहरुको प्रगति तथा आधुनिकरण मध्ये बीपीए पनि एक हो । हाल, नेपलमा नै उत्पादन गरिएका विभिन्न बीपीए सोल्युशनहरु वित्तीय संस्थाहरुमा संचालनमा रहेका छन् । यसले विदेशी सफ्टवेयर बापत बाहिरिने ठूलो रकमलाई आफ्नै देशभित्र रोक्नेमात्र होइन, आफ्नो अनुकुलको प्रणाली र सेवा देशभित्रै कम लागतमा उपलब्ध गराउँछ ।


प्रतिक्रिया दिनुहोस्