१३ वर्षमै एसियाकै सर्वोकृष्ट बैंक बन्नु गौरवको कुरा हो : सीईओ केसी « Arthapath.com
१५ मंसिर २०७८, बुधबार

१३ वर्षमै एसियाकै सर्वोकृष्ट बैंक बन्नु गौरवको कुरा हो : सीईओ केसी



काठमाडौं । एनएमबी बैकले लगातार ५ वर्षमा ४ पटक बैंक अफ द ईयर र १ पटक एसियाकै सर्वोकृष्ट बैंकको अवार्ड पाएको छ । उक्त अवार्ड प्राप्त गर्नु सबैका लागि गर्वको कुरा भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसिले बताए ।

सन् २००८ सालमा ग बर्गको फाइनान्स कम्पनिको रुपमा उदाएको एनएमबी बैंकले १३ वर्षमै उत्कृष्ट सेवा दिएर एशियामै सर्वोकृष्ट बन्न सक्छन् भन्ने उदाहरण दिनु सबैको लागि गर्वको कुरा हो ।

“२०/२५ वर्ष पुराना बैंक बैंकलाई उछिनेर एनएमबि बैंक लगातार बैंक अफ दि ईयर पाउन सफल भएको सीईओ केसीले बताए । सीईओ केसीले संचालक समिति र म्यानेजमेन्ट टिमको अथक मेहनत र ग्राहाकको विश्वासको कारण आफुहरुले उक्त अवार्ड पाउन सफ भएको बताए ।
हाइड्रोपावरको लगानीमा फोकस, नेपाललाई आत्मा निर्भर बनाउने कुरा, तरलता संकट भएको बेला विदेशबाट कर्जा ल्याउने पहिलो एनएमबी बैंक रहेको उनले स्मरण गरे ।

अवार्ड पाएसंगै बैंकलाई सबैले गर्व गर्न लायक बैंक बनाउनु आफ्नो जिम्मेवारी थप भएको महसुस भएकोले त्यसै अनुसारको काम गर्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्