एनएमबि बैकले प्राप्त गरेको ‘बैंक अफ दि इयर एशिया’ अवार्ड के हो, छनौटको आधार के-के हुन् « Arthapath.com
१६ मंसिर २०७८, बिहीबार

एनएमबि बैकले प्राप्त गरेको ‘बैंक अफ दि इयर एशिया’ अवार्ड के हो, छनौटको आधार के-के हुन्



काठमाडौं । एनएमबि बैक एशियाको सर्वोत्कृष्ट बैंक बन्न सफल भएको छ । ‘बैंक अफ दि एशिया २०२१’ अवार्ड एनएमबि बैंकले प्राप्त गरेको छ । बैंकलाई उक्त अवार्ड द फाईनान्सियल टाइम्सको द बैंकर म्यागेजिनले प्रदान गरेको हो । सो अवार्ड प्राप्त गर्ने एनएमबि बैंक नेपालको पहिलो बैंक हो ।

द फाईनान्सियल टाइमसको द बैंकर म्याजेजिनले हरेक एशियाका सस्टेनेबल बैंकहरु मध्ये उत्कृष्टलाई दिने गरेको छ । यो वर्ष छनौटमा परेका ४८ वटा मुलुकका बैंकहरुमा एनएमबि बैंकले अवार्ड हात परेको हो ।

एनएमबि बैंकले उक्त अवार्ड पाएपछि चासोको रुपमा हेरिएको छ । बैंकलाई प्रदान गरिएकोउक्त अवार्ड के हो, के का आधारमा दिईन्छ भनेर यहाँ उल्लेख गरिएको भनेर यहाँ उल्लेख गरिएको छ ।

१. बैंक अफ दि इयर अवार्ड के हो ?

बैंक अफ दि इयर अवार्ड सन् १८८८ मा स्थापित विश्व प्रतिष्ठित दि फाइनान्सियल टाइम्स लण्डनद्वारा प्रकाशन गरिने दि बैंकर म्यागेजिनले हरेक वर्ष विश्वभरिका प्रत्येक राष्ट्रमा सञ्चालनमा रहेका बैंकहरु मध्ये एक सर्वोत्कृष्ट बैंके चयन गरि दिइने वित्तीय क्षेत्रको अन्तर्राष्ट्रिय सम्मान हो । सन् २००० बाट शुरु गरिएको बैंक अफ दि इयर अवार्ड प्रत्येक देशका सर्वोत्कृष्ट बैंक तथा यीनै सर्वोत्कृष्ट बैंकहरुमध्ये पश्चि यूरोप, मध्य तथा पूर्वी यूरोप, एसिया, अमेरिका महादेश, मध्य पूर्व तथा अफ्रिका गरि ६ विश्वव्यापि क्षेत्रहरुका १–१ बैंकहरु गरि ६ वटा बैंकलाई क्षेत्रिय स्तरको सर्वोत्कृष्ट बैंक र विश्वव्यापि विजेताको रुपमा १ सर्वोत्कृष्ट बैंकलाई मात्र प्रदान गरिन्छ ।

२. बैंक अफ दि इयरको छनौटको आधार के हो ?

बैंक अफ दि इयर उपाधि विजेता छनौटका आधार भनेका बैंकहरुको समग्र वित्तिय प्रदर्शन तथा वृद्धि, रणनैतिक पहलहरु, प्रविधिको सदुपयोग तथा डिजिटलाइजेशनको अग्रता, नवीन बैंकिङ्ग सुविधाहरुको विकास, दीगो बैंकिङ्गका पहलहरुका साथै नकारात्मक बाह्य चुनौतिहरुको सामना गर्न सक्ने लचिलो तथा दू्रत व्यवस्थापन जस्ता विभिन्न मूल्यांकन मापदण्डहरु हुन् ।

३. एनएमबि बैंकले यो ऐतिहासिक पुरस्कार जित्नुको आधार के हो ?

एनएमबि बैंकले यो उपाधि जित्नुको प्रमुख कारणहरु भनेका यस बैंकले विगतका वर्षहरुदेखि नै संस्थागत गर्दै गइरहेको दीगो बैंकिङ्गको अभ्यास, डिजिटल रुपान्तरण प्रतिका लागि प्रतिबद्धता तथा उच्च संस्थागत सुशासन हुन् । अर्थतन्त्रका वास्तविक क्षेत्र तथा हरित परियोजनाहरुमा गरेको लगानीका साथै दीगो तथा मूल्यमान्यतामा आधारित बैंकिङ्ग अभ्यासहरुप्रतिको समग्र प्रतिबद्धतालाई सम्मान गर्दै एनएमबि बैंकलाई यो उपाधि प्रदान गरिएको हो । यसका साथै डिजिटल रुपान्तरणका लागि बैंकको निरन्तर अभियान तथा बैंकिङ्ग क्षेत्रकै पहिलो डिजिटल सेवाहरुको शुरुवातले पनि उपाधि जीतमा महत्वपूर्ण योगदान गरेको छ । यो अवार्ड बैंकको सञ्चालक समितिको सन्तुलित संरचना तथा व्यवसायिक व्यवस्थापनको लागि गरिएको कदर पनि हो ।

४. बैंक अफ दि इयर एसियाका विगतका वर्षहरुमा को को विजेता भएका थिए ?

विगत ३ वर्षमा एसियाको सर्वोत्कृष्ट बैंकका रुपमा दक्षिण कोरियाको वुरी बैंक (कुल सम्पत्तिः ३०० अर्ब अमेरिकि डलर) , एग्रिकल्चरल बैंक अफ चाइना (कुल सम्पत्तिः ३,३०० अर्ब अमेरिकि डलर), डिबिएस बैंक सिंगापुर (कुल सम्पत्तिः ३५० अर्ब अमेरिकि डलर) जस्ता विश्वकै चर्चित बैंकहरु विजेता भएका थिए । एसिया क्षेत्र चीन, दक्षिण कोरिया, जापान, भारत, सिंगापुर जस्ता विश्वकै समृद्घ तथा वित्तीय क्षेत्रका अग्रणी राष्ट्रहरुको उपस्थिति भएको सबैभन्दा कडा प्रतिस्पर्धा हुने क्षेत्र हो ।


प्रतिक्रिया दिनुहोस्