प्रति कित्ता ४३ रूपैयाँमा एनबि बैकलाई अक्वायर गर्दै नविल बैंक, चुक्ता पुँजी २२.५ अर्व « Arthapath.com
२९ पुष २०७८, बिहीबार

प्रति कित्ता ४३ रूपैयाँमा एनबि बैकलाई अक्वायर गर्दै नविल बैंक, चुक्ता पुँजी २२.५ अर्व



कठमाडाैं । नेपालकाे निजी क्षेत्रकाे नम्बर १ नविल बैंकले नेपाल बंगलादेश बैंकलाई अक्वायर गर्ने भएकाे छ । दुई बैंककाे संयुक्त मर्जर कमिटिले स्वाप रेस्याे लगायतकाे प्रकृया बुधबार टुङ्ग्याएर बिहीबारलाई एमओयु गर्ने सहमती गरेका छन् ।

बिहीबार समझदारी पत्रमा नबिल बैंकका तर्फबाट मर्जर समितिका संयोजक उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेश बैंकको तर्फबाट संयाेजक इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका छन्। लामाे कसरतपछि नविल एनबि बैंक मर्जरमा अघि बढेकाे हाे । एनबि बैंकमा रहेकाे ढाकास्थित आइएफआईसी बैंककाे ४१ प्रतिसत सेयर नबिल बैंककाे मुख्य लगानीकर्ता चाैधरी ग्रुपले किन्ने सहमती भएपछि मर्जर अगाडी बढेकाे हाे ।

मर्जरमा नबिल बैंककाे प्रति १ सय कित्ता सेयर बराबर एनबि बैंककाे ४३ कित्तामा समझदारी बनेकाे हाे । स्वापकै कारण २ साताअघि हुने भनिएकाे एमओयू राेकिएकाे थियाे ।

नविल बैंकको अहिले चुक्ता पुँजी १८ अर्ब ३७ करोड रुपैयाँ छ । एनबी बैंकको १० अर्ब ८ करोड रुपैयाँ छ । प्रतिकित्ता ४३ रुपैयाँको दरले एनबी अक्वायर गरेपछि नविल बैंकको चुक्ता पुँजी २२ अर्ब ३७ करोड रुपैयाँको पुग्नेछ । कर्जा रकम ३०० अरब, निक्षेप रकम ३१४ हुनेछ । गैरकोषमा आधारित व्यवसायको आकार १३० अरब माथी पुग्ने बैंकले जनाएको छ । त्यसैगरी शाखा संजाल तत्कालै २३५ पुग्नेछन । ग्राहक संख्या १६ लाख माथी हुने बैंकले जानकारी दिएको छ ।

बिहीबार काठमाण्डौँमा सम्पन्न सो सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा नबिल बैकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल, प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनिल केसरी शाहर सहित दुवै बैंकका सञ्चालक तथा उच्च पदस्थ पदाधिकारीको उपस्थिति रहेको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्