आईसीएफसी बैंक र उद्योगपति चौधरीले अदालतमा जवाफ पेश गरे « Arthapath.com
१४ माघ २०७८, शुक्रबार

आईसीएफसी बैंक र उद्योगपति चौधरीले अदालतमा जवाफ पेश गरे



काठमाडौं । नेपाल बंगलादेश बैंकमा शेयर स्वामित्व भएको आईसीएफसी बैंक र उद्योगपति विनोद चौधरीले जिल्ला अदालत काठमाडौंमा जवाफ पेश गरेका छन् । सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले आईसीएफसीको शेयर खरीद गर्न आफूसँग सम्झौता गरेको भन्दै चौधरीलाई बिक्री नगर्न माग गर्दै मुुद्दा दायर गरेका थिए ।

उक्त मुद्धाको जवाफ पेश गर्दै आईसीएफसी बैंक र उद्योगपति विनोद चौधरीले जिल्ला अदालत काठमाडौंमा मोतीलाल दुगडको दाबी झुटो रहेको बताएका छन् ।

मोतीलाल दुगडले गत पौष २७ गते जिल्ला अदालत काठमडौंले तत्काल आईसीएफसीको शेयर बिक्री नगर्न अन्तरकालीन आदेश दिएको थियो । आईसीएफसी र चौधरीले कानून व्यवसायीमार्फत लिखित जवाफ पेश गरेका छन् । अदालतले शेयर खरीद बिक्री रोक्न जारी भएको अन्तरकालीन आदेश खारेजीको माग समेत गरेका छन् ।

आईसीएफसीले दुगडसँग कुनै लिखित सम्झौता नगरेको भन्दै दुगडको दावी झुटो रहेको भनेका छन् । नेपालको कुनै पनि बैंक वित्तीय संस्थाको संस्थापक शेयर खरीद बिक्री गर्न नेपालको ऐन कानुन र नेपाल राष्ट्र बैंकको निर्देशन पूरा गर्नुपर्नेमा उक्त कानुनी प्रक्रिया भन्दा बाहिर गएर हुँदै नभएको सम्झौतालाई आधार बनाउन नमिल्ने आईसीएफसीले पठाएको जवाफमा भनिएभेका छ । उक्त मुद्दामा माघ २३ गते दुबै पक्षलाई बोलाइएको छ ।

संस्थापक शेयर बिक्री गर्नका लागि सबैभन्दा पहिले सार्वजनिक सूचना निकाल्नुपर्ने हुन्छ । तर सूचना निकाल्नुभन्दा पहिला ३–४ महिना अगाडि नै दुगडले २०७७ चैतमा नै आईएफआईसीका अध्यक्षलाई नेपाल बङ्गलादेश बैंकको शेयर खरीद गर्न अफर लेटर पठाएको थियो ।

नेपाल बंलादेश बैंकले गत असार २९ गते मात्रै संस्थापक शेयरधनीको जानकारीको लागि पहिलो पटक ३५ दिने सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्