बैंकहरुको जगेडा कोषः नेपाल बैंकलाई पछ्याउँदै राष्ट्रिय बाणिज्य र नबिल, कुनको कति ? « Arthapath.com
१८ माघ २०७८, मंगलवार

बैंकहरुको जगेडा कोषः नेपाल बैंकलाई पछ्याउँदै राष्ट्रिय बाणिज्य र नबिल, कुनको कति ?



काठमाडौं । २७ वटै वाणिज्य बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरुको जगेडा कोषका आधारमा नेपाल बैंक अगाडि रहेको छ ।

चालु आर्थिक वर्षको पौष मसान्तसम्ममा सबैभन्दा धेरै जगेडा कोष नेपाल बैंकको १७ अर्ब ४६ करोढ ९६ लाख ६२ हजार रुपैयाँ रहेको छ । त्यस्तै, दोस्रोमा राष्ट्रिय वाणिज्य बैंकको १५ अर्ब ८४ करोड ६६ लाख ४९ हजार रुपैयाँ, तेस्रोमा नबिल बैंकको १४ अर्ब ६२ करोड ६४ लाख ८४ हजार रुपैयाँ, चौंथोमा नेपाल इन्भेष्टमेन्ट बैंकको १४ अर्ब ९ करोड ३५ लाख २९ हजार रुपैयाँ र पाचौंमा कृषि विकास बैंकको १० अर्ब ४३ करोड २७ लाख ५३ हजार रुपैयाँ जगेडा कोष रहेको छ ।

पौष मसान्तसम्ममा १९ बैंकको जगेडा कोष रकम बढेको छ भने ८ बैंकको जगेडा कोष रकम घटेको छ । समिक्षा अवधिमा सबैभन्दा धेरै जगेडा कोष बढाउने सानिमा बैंकको ३१.५५ प्रतिशत बढेर ३ अर्ब ९५ करोड ५४ लाख ५७ हजार रुपैयाँ पुगेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको जगेडा कोष सबैभन्दा धेरै १७.८४ प्रतिशत घटेको छ । तर पनि बैंकको जगेडा कोष रकमका आधारमा चौंथो स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्