नयाँ सारथीको खुद नाफा घट्यो, अन्य सूचक कस्ता छन् ? « Arthapath.com
२६ माघ २०७८, बुधबार

नयाँ सारथीको खुद नाफा घट्यो, अन्य सूचक कस्ता छन् ?



काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा ९.५४ प्रतिशत घटेर ४ करोड ६३ लाख १२ हजार रुपैयाँ मात्रै आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ५ करोड ११ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लघुवित्तको खुद ब्याज आम्दानी १४.२९ प्रतिशत बढेर १३ करोड २८ लाख ५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ११ करोड ६१ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तले सञ्चालन नाफा ७ करोड ७५ लाख ६९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको ३६ करोड २ लाख ८३ हजार रुपैयाँ सञ्चालन नोक्सान रहेको थियो ।

पौष मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी ८.१३ प्रतिशत बढेर २५ करोड ४९ लाख ५४ हजार रुपैयाँ, जगेडा कोष ७९.३६ प्रतिशत बढेर २७ करोड ७५ लाख ४६ हजार रुपैयाँ, निक्षेप २२.६१ प्रतिशत बढेर ९३ करोड ४४ लाख ७५ हजार रुपैयाँ, कर्जा २२.५२ प्रतिशत बढेर ४ अर्ब ४ करोड ७७ लाख ४३ हजार रुपैयाँ र सापटि रकम १८.६१ प्रतिशत बढेर २ अर्ब ६७ करोड ११ लाख ६ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ३४ पैसा रहेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ ८६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३८.२२ गुणा रहेको छ । लघुवित्तको तरलता अनुपात ३.९५ प्रतिशत, खराब कर्जा ४.२५ प्रतिशत र कस्ट अफ फण्ड ९.३९ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्