राष्ट्रिय वाणिज्य बैंकको नयाँ व्याजदर सार्वजनिक, रेमिट्यान्स खातामा १२.०३ प्रतिशत ब्याज दिने « Arthapath.com
१ फाल्गुन २०७८, आईतवार

राष्ट्रिय वाणिज्य बैंकको नयाँ व्याजदर सार्वजनिक, रेमिट्यान्स खातामा १२.०३ प्रतिशत ब्याज दिने



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज फागुन १ गते, आईतबारदेखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि ७.०५ प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकले रेमिटेन्स बचत खातामा भने ८.०५ प्रतिशत ब्याज प्रदान गर्नेछ ।

बैंकले मुद्दति निक्षेपमा भने संस्थागत तर्फ १०.०३ प्रतिशत र ब्यक्तिगत तर्फ ११.०३ प्रतिशत ब्याज दिने भएको छ । राष्ट्रिय वाणिज्य बैंकले रेमिटेन्स मुद्दती निक्षेपमा भने ३ महिनादेखि ३ बर्षसम्म १० हजार रुपैयाँसम्म जम्मा गर्दा १२.०३ प्रतिशत ब्याज दिने भएको हो ।

राष्ट्रिय वाणिज्य बैंकको दोस्रो त्रैमासमा आधार दर भने ६.१४ प्रतिशत रहेको छ भने पौष महिनाको ब्याजदर अन्तर ३.६१ प्रतिशत रहेको छ ।

rastriya


प्रतिक्रिया दिनुहोस्