अन्ततः महालक्ष्मी विकास बैंंकको स्थगित साधारण सभा सम्पन्न, शेयरधनी बने मालामाल « Arthapath.com
१४ फाल्गुन २०७८, शनिबार

अन्ततः महालक्ष्मी विकास बैंंकको स्थगित साधारण सभा सम्पन्न, शेयरधनी बने मालामाल



काठमाडौं । महालक्ष्मी विकास बैंकको स्थगित २० औँ वार्षिक साधारण सभा अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा फाल्गुन १३ गते शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौमा सम्पन्न भएको छ ।

बैंकको सभाले आर्थिक बर्ष २०७७–७८ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ आषाढ मसान्तको वासलात, आर्थिक बर्ष २०७७–७८ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी पारित गरेको छ ।

त्यस्तै, वार्षिक साधारण सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७–७८ को सञ्चित मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरि कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाका अध्यक्ष उपाध्यायले शेयरधनीहरुहरुबाट प्राप्त सल्लाह सुझावलाई शिरोधार्य गर्दै बैंकले आगामी दिनमा थप प्रगति हाँसिल गर्ने कुरा बताए । साथै शेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुले पुर्याएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदाशयता निरन्तर प्राप्त हुने आशा प्रकट गरे ।

स्थगित बीसौ वार्षिक साधारण सभाबाट संस्थापक समुह (क) बाट राजेश उपाध्याय, संजय गिरी र दिपक कुमार रौनीयार र सर्बसाधारण समुह (ख) बाट श्याम सुन्दर रmङ्गटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेल संचालक पदमा निर्वाचित भएका छन् ।

साथै फाल्गुन १३ गते बसेको संचालक समितिको ५१८ औं बैठकले राजेश उपाध्यायलाई नै बैंकको अध्यक्ष पदमा सर्वसम्मत रुपमा पुनः चयन गरेको छ ।

“सबल बंैंक, सफल सहकार्य” को भिजनलाई आत्मसाथ गर्दै महालक्ष्मी विकास बैंकले नेपाली जनताको घरदैलोमा २७ वर्षदेखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्र्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्