सांग्रिला डेभलपमेन्ट बैंकको नाफा बढ्दा अन्य सूचक कस्ता छन् ? « Arthapath.com
७ बैशाख २०८१, शुक्रबार

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा बढ्दा अन्य सूचक कस्ता छन् ?



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.४४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २४ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

प्रकाशित वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी ३.४९ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३९ करोड ९२ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएकोमा समीक्षा अवधिमा एक अर्ब ४४ करोड ८१ लाख रुपैयाँ ब्याज आम्दानी कमाएको छ ।

बैंकको सञ्चालन मुनाफा ९.६५ प्रतिशत बढेर ३८ करोड ६८ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोहीसम्म बैंक ३५ करोड २८ लाख सञ्चालन मुनाफामा थियो ।

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा २ रुपैयाँ ३४ पैसा ऋणात्मक रहेको छ।

बैंकको इम्परमेन्ट चार्ज ४० करोड ३ लाख रुपैयाँ रहेको छ । बैंकको निष्क्रिय कर्जा ३.५५ प्रतिशतबाट बढेर ३.८४ प्रतिशत पुगेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४३ पैसा बढेर १० रुपैयाँ ४७ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २८.४७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ४७ पैसा रहेको छ।

३ अर्ब ४३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब २८ करोड रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा बैंकले ५२ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।


प्रतिक्रिया दिनुहोस्