महालक्ष्मी विकास बैंकको अध्यक्षमा पुनः राजेश उपाध्याय चयन « Arthapath.com
१५ फाल्गुन २०७८, आईतवार

महालक्ष्मी विकास बैंकको अध्यक्षमा पुनः राजेश उपाध्याय चयन



काठमाडौं । महालक्ष्मी विकास बैंकको अध्यक्षमा पुनः उपाध्याय चयन भएका छन् । बैंकको फाल्गुन १३ गते बसेको संचालक समितिको ५१८ औं बैठकले राजेश उपाध्यायलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा पुनः चयन गरेको हो ।

बैंकको स्थगित २० औँ वार्षिक साधारण सभा शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौमा सम्पन्न भएको थियो । उक्त सभाबाट संस्थापक समुह (क) बाट राजेश उपाध्याय, संजय गिरी र दिपक कुमार रौनीयार र सर्बसाधारण समुह (ख) बाट श्याम सुन्दर रmङ्गटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेल संचालक पदमा निर्वाचित भएका छन् ।

साधाण सभा सम्पन्न भएलगत्तै बैंकको संचालक समितिको ५१८ औं बैठकले राजेश उपाध्यायलाई नै बैंकको अध्यक्ष पदमा सर्वसम्मत रुपमा पुनः चयन गरेको हो ।

वार्षिक साधारण सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७–७८ को सञ्चित मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरि कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्