फागुन महिनामा २० अर्ब रेमिट्यान्स भित्रियो, विलासिताका वस्तुको आयात रोक्न सरकारलाई सुझाव « Arthapath.com
२२ चैत्र २०७८, मंगलवार

फागुन महिनामा २० अर्ब रेमिट्यान्स भित्रियो, विलासिताका वस्तुको आयात रोक्न सरकारलाई सुझाव



काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन महिनामा यो बर्षकै सबैभन्दा धेरै रेमिट्यान्स भित्रिएको जनाएको छ । फागुन महिनामा २० अर्ब रुपैयाँ बढेर ९१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । माघमा ७१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

मन्त्रालयमा सुझाव प्रस्तुत गर्दै राष्ट्र बैंकले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । आन्तरिक रेमिट्यान्समा गरिएको नियन्त्रण, नयाँ श्रम स्वीकृति तथा पुनःश्रम स्वीकृति लिनेको संख्या बढ्दै गएको, विदेश गएकाले रेमिट्यान्स पठाउन थालेको र सरकारले हुन्डी कारोबारीलाई पक्राउ गरेकाले फागुनमा रेमिट्यान्स बढेको बताइएको छ ।

त्यस्तै, नेपाल राष्ट्र बैंकले विलासिताका वस्तुको आयात रोक्न सरकारलाई सुझाव दिएको छ । व्यापारघाटा उच्च भएको समयमा विदेशी मुद्राको संचिति कम हुन थालेपछि राष्ट्र बैंकले यस्तो सुझाव दिएको हो ।

महंगा मूल्यका मदिरा, मोवाइल फोन, कस्मेटिक्स सामान तथा अन्य कम महत्वका उपभोग्य वस्तु आयातमा रोक लगाउन सरकारलाई सुझाव दिइएको हो ।


प्रतिक्रिया दिनुहोस्