हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार फुकुवा हुने « Arthapath.com
१४ बैशाख २०७९, बुधबार

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार फुकुवा हुने



काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार फुकुवा गर्न नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पत्र पठाएको छ । राष्ट्र बैंकले नेप्सेलाई सर्वसाधारण शेयर खुला गर्न पत्र पठाएको स्रोतले बताएको छ ।

मर्जरका कारण एक बषदेखि रोक्का भएको सर्वसाधारण शेयर कारोबार खुला गर्न पत्र पठाएको हो । तर आधारभूत (संस्थापक शेयरसहित) शेयर कारोबार रोकिएको छ । यी दुवै बैंक अर्काे कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर नभएसम्मका लागि आधारभूत शेयर कारोबार रोकिएको हो ।

मर्जरका कारण बन्द रहेको हिमालयन बैंक र इन्भेस्टमेन्ट बैंकको सर्वसाधारण समूहको शेयर खुला गर्न नेप्सेलाई पत्र पठाईसकेको राष्ट्र बैंक स्रोतले जनाएको छ । अब दुवै बैंकका सर्वसाधारण शेयर कारोबार हुन पाउने भएको छ । तर आधारभूत शेयर भने रोक्का नै रहने स्रोतले बतायो ।

यता नेप्सेले भने बैंकको शेयर कारोबार खुल्ने सम्बन्धमा मंगलबारसम्म राष्ट्र बैंकबाट कुनै पत्र प्राप्त नभएको बताएको छ । राष्ट्र बैंकको पत्र प्राप्त नभई शेयर कारोबार खोल्न नमिल्ने नेप्से स्रोतले बतायो ।


प्रतिक्रिया दिनुहोस्