गरिमा विकास बैंकका ग्राहकले ब्लुक्रस हस्पिटलमा ४५ प्रतिशतसम्म छुट « Arthapath.com
११ जेष्ठ २०७९, बुधबार

गरिमा विकास बैंकका ग्राहकले ब्लुक्रस हस्पिटलमा ४५ प्रतिशतसम्म छुट



काठमाडौं । विकास बैंकले काठमाडौंको त्रिपुरेश्वरमा अवस्थित ब्लुक्रस हस्पिटलसँग हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा आर्कषक छुट सम्बन्धि सम्झौता गरेको छ । बैंकका ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले उक्त समझदारी गरेको हो ।

सम्झौता अनुरुप, ब्लुक्रस हस्पिटलले यस विकास बैंकका मोबाईल बैंकिङ तथा डेविट कार्ड प्रयोगकर्ताहरुलाई स्टाण्र्डड हेल्थ प्याकेज र वार्षिक हेल्थ स्क्रिीनिङ्ग प्याकेजमा ४५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ । साथै, अन्य स्वास्थ्य सेवाहरुमा पनि आर्कषक छुटको व्यवस्था गरेको छ ।

हाल, यस विकास बैंकले नेपालभर ११९ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय एवं ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरीय बैकिङ्ग सेवा दिदै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्