वाणिज्य बैंकका प्रत्येक शाखाले कम्तिमा ५ वटा कृषि उत्पादन र प्रशोधन उद्योगहरुलाई कर्जा प्रवाह गर्नुपर्ने « Arthapath.com
१५ जेष्ठ २०७९, आईतवार

वाणिज्य बैंकका प्रत्येक शाखाले कम्तिमा ५ वटा कृषि उत्पादन र प्रशोधन उद्योगहरुलाई कर्जा प्रवाह गर्नुपर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकको सुपरिवेक्षिकिय दायरा बाहिर रहेका वित्तीय कारोबार गर्न बचत तथा ऋण सहकारी, गैर सहकारी संस्थाहरुको प्रभावकारी नियमन, निरिक्षण तथा सुपरिवेण गर्न दोस्रो तहको नियामक निकाय स्थापना गरिने छ । वित्तीय साक्षरता अभिवृद्धि गर्न वित्तीय क्षेत्रका नियमनकारी कार्यहरु बैंक तथा वित्तीय संस्थाहरु मार्फत सचेतनामुलक कार्यक्रम सञ्चालन गरिनेछ । विद्यालय तहदेखि नै बैंकिङ्ग तथा वित्तीय क्षेत्रका विषयमा विद्यार्थीहरुलाई साक्षर बनाई बैंकिङ्ग तथा वित्तीय पहुँच विस्तार गरिने छ । दुर्गम क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको शाखा सञ्चालनका लागि आवश्यक विद्युत, सञ्चार तथा इन्टरनेट लगायतका पुर्वाधार विकास गरिने छ ।

लघुवित्त वित्तीय संस्थालाई सामाजिक बैंकिङ्ग अवधारण अन्तर्गत दुर्गम तथा पिछडिएका क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्न प्रोत्साहित गरिनेछ । पूर्ण डिजिटल बैंकको प्रवर्द्र्धन गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।

वाणिज्य बैंकको प्रत्येक शाखाले कम्तिमा ५ वटा कृषि उत्पादन र प्रशोधन उद्योगहरुलाई कर्जा प्रवाह गर्नुपर्नेछ । उद्यमीहरुलाई प्रयोजनाका आधारमा उत्पादन कर्जा सहज रुपमा उपलब्ध गराउन लघुवित्त वित्तीय संस्थामार्फत ऋण उपलब्ध गराइने छ ।

भुक्तानी प्रणालीलाई विश्वसनिय बनाउन आधुनिक उपकरणको प्रयोग गर्दै विद्युतिय कारोबारलाई विश्वसनिय बनाइनेछ । तिनै तहका सरकारी कोषमा प्राप्त हुने सबै प्रकारका राजश्व तथा उक्त कोषबाट वितरण हुने निवृत्तिभरण सामाजिक सुरक्षा भत्ता, अनुदान लगायत सबै प्रकारका भुक्तानीहरु बैंकिङ्ग प्रणालीबाट गर्नुपर्नेछ । दोस्रो वित्तीय प्रणाली कार्यान्वयनमा ल्याइनेछ ।


प्रतिक्रिया दिनुहोस्