एनबि बैंकलाई प्राप्तिपश्चात् यस्तो बन्नेछ नबिल बैंक, कर्मचारी संख्या २२ सय प्लस हुने « Arthapath.com
३० जेष्ठ २०७९, सोमबार

एनबि बैंकलाई प्राप्तिपश्चात् यस्तो बन्नेछ नबिल बैंक, कर्मचारी संख्या २२ सय प्लस हुने



काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंक लिमिटेड (एनबि) चालु आर्थिक बर्षभित्रै एकीकृत कारोबार गर्ने भएका छन् । सम्भवतः जुलाई ४ तारिख अर्थात अषाढ २० गतेभित्र एकीकृत कारोबार गर्ने तार्गेट रहेको छ । नबिल बैंकको एक सय कित्ता बराबर एनबि बैंकका शेयरधनीहरुले ४३ कित्ता शेयर पाउने सहमति भएको छ । नबिल बैंकले नेपाल बंगलादेश बैंक गाभ्न गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार एकीकृत कारोबार अर्थात् नबिल बैंकले एनबि बैंकलाई प्राप्ति गरेपश्चात् बन्ने बैंकको कस्तो रहन्छ भनेर यहाँ उल्लेख गरिएको छ । चालु आर्थिक बर्षको तेस्रो त्रैमासका आधारमा कुन सूचकमा कस्तो देखिन्छ भनेर उल्लेख गरिएको हो ।

चुक्ता पूँजी
नबिल बैंक र नेपाल बङ्गलादेश बैंक एक्विजिशन पश्चात् चुक्ता पूँजी २२ अर्ब ८३ करोड २९ लाख ८ हजार रुपैयाँ पुग्नेछ । नबिल बैंकको चुक्ता पूँजी १८ अर्ब ४९ करोड ६१ लाख ८७ हजार रुपैयाँ रहेको छ भने नेपाल बङ्गलादेश बैंकको १० अर्ब ८ करोड ५३ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

जेगडा कोष
नबिल बैंक र नेपाल बङ्गलादेश बैंक प्राप्तिपश्चात् बन्ने बैंकको जगेडा कोष २८ अर्ब ५२ करोड ५१ लाख ५६ हजार रुपैयाँ पुग्ने छ । हाल नबिल बैंकको जगेडा कोष १६ अर्ब ६९ करोड ९३ लाख १६ हजार रुपैयाँ र नेपाल बङ्गलादेश बैंकको ६ अर्ब ७ करोड ७१ लाख ६२ हजार रुपैयाँ रहेको छ ।

लोन (कर्जा)
नबिल बैंकको कर्जा २ खर्ब २९ अर्ब ९४ करोड ६४ लाख ५६ हजार रुपैयाँ र नेपाल बङ्गलादेश बैंकको ७९ अर्ब ११ करोड ४५ लाख २३ हजार रुपैयाँ रहेको छ । एनबिलाई प्राप्ति पश्चात् नबिल बैंकको कर्जा ३ खर्ब ९ अर्ब ६ करोड ९ लाख ७९ हजार रुपैयाँ पुग्नेछ ।

डिपोजिट (निक्षेप)
हाल नबिल बैंकको निक्षेप २ खर्ब ३४ अर्ब २२ करोड ९९ लाख ४८ हजार रुपैयाँ र एनबि बैंकको ८२ अर्ब २ करोड १५ लाख १७ हजार रुपैयाँ रहेको छ । एनबिलाई प्राप्ति गरेपश्चात् बैंकको निक्षेप ३ खर्ब १६ अर्ब २५ करोड १४ लाख ६५ हजार रुपैयाँ पुग्नेछ ।

कूल सम्पत्ति
नबिल बैंकको कूल सम्पत्ति ३ खर्ब ५२ करोड २० लाख ४२ हजार रुपैयाँ र एनबि बैंकको १ खर्ब ४ अर्ब ४७ करोड १४ लाख २८ हजार रुपैयाँ रहेको छ । एक्विजिशन पश्चात् बन्ने बैंकको कूल सम्पत्ति ४ खर्ब ४ अर्ब ९९ करोड ३४ लाख ७० हजार रुपैयाँ पुग्नेछ ।

खुद ब्याज आम्दानी
नबिल बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ५९ करोड २ लाख ५८ हजार रुपैयाँ र एनबि बैंकको १ अर्ब ९३ करोड ९१ लाख ११ हजार रुपैयाँ रहेको छ । प्राप्ति पश्चात् बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ५२ करोड ९३ लाख ६९ हजार रुपैयाँ पुग्नेछ ।

सञ्चालन नाफा
प्राप्ति पश्चात् बैंकको सञ्चालन नाफा ६ अर्ब १७ करोड ६७ लाख २८ हजार रुपैयाँ पुग्नेछ । हाल नबिल बैंकको सञ्चालन नाफा ४ अर्ब ७८ करोड २५ लाख रुपैयाँ र एनबि बैंकको १ अर्ब ३९ करोड ४२ लाख २८ हजार रुपैयाँ रहेको छ ।

खुद नाफा
नबिल बैंकको खुद नाफा ३ अर्ब ३५ करोड २० लाख ४४ हजार रुपैयाँ र एनबि बैंकको खुद नाफा १ अर्ब ११ करोड ११ लाख ३७ हजार रुपैयाँ रहेको छ । एक्विजिशनपश्चात् खुद नाफा ४ अर्ब ४६ करोड ३१ लाख ८१ हजार रुपैयाँ पुग्नेछ ।

वितरणयोग्य नाफा
एकीकृत कारोबार पछि बैंकको वितरणयोग्य नाफा २ अर्ब ५३ करोड ८१ लाख ६९ हजार रुपैयाँ पुग्नेछ । हाल नबिल बैंकको वितरणयोग्या नाफा २ अर्ब १३ करोड २ लाख ५८ हजार रुपैयाँ र एनबि बैंकको ४० करोड ७९ लाख ११ हजार रुपैयाँ रहेको छ ।

प्रतिशेयर आम्दानी (ईपीएस)
नबिल बैंकको ईपीएस २४.१६ रुपैयाँ र एनबि बैंकको १४.६९ रुपैयाँ रहेको छ । प्राप्तिपश्चात् २६.०६ रुपैयाँ पुग्नेछ ।

शाखा–एटिएम
नबिल बैंकको १३९ शाखा र १८० वटा एटिएम रहेका छन् भने एनबि बैंकको शाखा १ सय र एटिएम १०५ वटा रहेका छन् । एकीकृत कारोबार पश्चात् २३९ वटा शाखा र २८५ वटा एटिएम संख्या पुग्नेछ ।

कर्मचारी
हाल नबिल बैंकमा १ हजार २७१ जना कर्मचारी र एनबि बैंकमा ९६८ जना कर्मचारी रहेका छन् । प्राप्तिपश्चात् २ हजार २३९ जना कर्मचारी संख्या पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्