अभियान लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, एसइई उत्तिर्णलाई समेत अवसर (सूचनासहित) « Arthapath.com
२ असार २०७९, बिहीबार

अभियान लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, एसइई उत्तिर्णलाई समेत अवसर (सूचनासहित)



काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले बिहिबार एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी आवश्यक रहेको जनाएको हो ।

लघुवित्तले अधिकृत श्रेणाीका लागि बरिष्ठ अधिकृत । अधिकृतमा १ जना, अधिकृत । कनिष्ठ अधिकृत (सूचना प्रविधि) मा १ जना, कनिष्ठ अधिकृतमा केही संख्यामा कर्मचारी मागेको हो । साथै, सहायक श्रेणीका लागि सुपरभाईजर, बरिष्ठ सहायक । सहायक, कनिष्ठ सहायक, प्रशिक्षार्थी कनिष्ठ सहायकमा केही संख्यामा कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता एसइई उत्तिर्णदेखि स्नातकोत्तरण उत्तिर्णसम्मको मागेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित गरेको मिति (असार २ गते) ले १५ दिन भित्र संस्थाको बेभसाइट https://www.aviyanlaghubitta.com/ मार्फत फाराम डाउनलोड गरी संस्थाको इमले [email protected] तथा संस्थाको केन्द्रिय कार्यालय पनौती न पा ४ काभ्रेपलाञ्चोकमा आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्