नबिल बैंकको कामु सीईओमा शाक्य नियुक्त « Arthapath.com
७ असार २०७९, मंगलवार

नबिल बैंकको कामु सीईओमा शाक्य नियुक्त



काठमाडौ. । नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा सुजित कुमार शाक्य नियुक्त भएका छन् । बैंक संचालक समितिको असार ६ गते बसेको बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शाक्यलाई कामु सीईओमा नियुक्त गरेको हो ।

सीईओ अनिल केशरी शाहको कार्यकाल सकिएपछि कामु सीईओमा शाक्यलाई नियुक्त गरेको हो । शाक्यसँग नेपालका विभिन्न आधा दर्जन बढी बैंकहरूमा अढाइ दशक भन्दा बढी काम गरेको अनुभव छ । उनले नेपाल श्रीलंका मर्चेन्ट बैंक लिमिटेड, हिमालयन बैंक, लक्ष्मी बैंक, बैंक अफ एशिया नेपाल, एनआईसी एशिया बैंक, सिभिल बैंक, जनता बैंक र ग्लोबल आइएमईमा काम गरेका थिए ।

शाक्यले इन्स्टिच्युट अफ प्रोडक्टिविटी म्यानेजमेन्ट, लखनऊ, यूपी, भारतबाट व्यवसाय व्यवस्थापनमा स्नातकोत्तर डिप्लोमा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्