सिन्धु विकास बैंकको साधारण सभा साउन ६ गते, मर्जर प्रस्ताव र संचालक नियुक्त मुख्य एजेण्डा « Arthapath.com
१९ असार २०७९, आईतवार

सिन्धु विकास बैंकको साधारण सभा साउन ६ गते, मर्जर प्रस्ताव र संचालक नियुक्त मुख्य एजेण्डा



काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले १२औं वार्षिक साधारण सभा साउन ६ गतेका लागि बोलाएको छ । असार १७ गते बसेको संचालक समितिको बैठकले मिरावल रिर्सोट होटल धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान १० बजे बस्ने गरी सभा आव्हान गरको हो ।

सभाले संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित २०७८ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आव २०७७।०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोहि अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरि पारित गर्नेछ । साथै, चालु आर्थिक वर्ष २०७८।०७९ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

त्यस्तै, संचालक समितिमा सर्वसाधारण शेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकहरुको निर्वाचन गर्ने, संचालकहरुको बैठक भत्ता लगायतका सुविधामा वृद्धि गर्ने बैैंकको नियमावालीको नियम ३२(१) मा संशोधन गर्ने छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि असार २७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले असार २६ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्