ग्रीन डेभलपमेण्टको नाफा ८६.३४ प्रतिशतले वृद्धि, अन्य सूचक समेत आकाशिदा प्रतिशेयर आम्दानी कति ? « Arthapath.com
२० श्रावण २०७९, शुक्रबार

ग्रीन डेभलपमेण्टको नाफा ८६.३४ प्रतिशतले वृद्धि, अन्य सूचक समेत आकाशिदा प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकको खुद नाफामा आकर्षक सुधार आएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको खुद नाफा ८६.३४ प्रतिशतले बढेर २ करोड ४१ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा १ करोड २९ लाख रुपैयाँमा सिमित रहेको थियो ।

गत आर्थिक वर्ष चौथो त्रैमाससम्ममा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै खुद नाफा बढेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी ४८.३१ प्रतिशतले बढेर १२ करोड ५ लाख रुपैयाँ र सञ्चालन नाफा ८०.१३ प्रतिशतले बढेर ३ करोड ६५ लाख आर्जन गरेको छ ।

कम्पनीको चुक्ता पूँजी ५१ करोड ९० लाख रुपैयाँ, जगेडामा ३ करोड २९ लाख रुपैयाँ र रिटेण्ड अर्निङमा २ करोड ६९ लाख सञ्चित गरेको छ ।

कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ५० पैसा रहेकोमा गत आवमा बढेर ४ रुपैयाँ ६६ पैसा पुगेको हो ।


प्रतिक्रिया दिनुहोस्