करिब डेढ लाखले लिए सहुलियतपूर्ण कर्जा « Arthapath.com
५ भाद्र २०७९, आईतवार

करिब डेढ लाखले लिए सहुलियतपूर्ण कर्जा



काठमाडौ । गत आर्थिक बर्ष २०७८÷७९ मा एक लाख ४७ हजार ३९३ जनाले सहुलियत पूर्ण कर्जा लिएका छन् । नेपाल राष्ट्र बैकको तथ्यांक अनुसार दुई खर्ब ५९ अर्ब ५५ करोड ७९ लाख रुपैयाँ कर्जा स्वीकृत भएको छ । त्यस्तै दुई खर्ब १३ अर्ब ८८ करोड रुपैयाँ उठ्न बाकी छ । सरकारले ब्याजमा दिईएको अनुदानका लागि गत आवमा १६ अर्ब ९६ करोड ८५ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

नेपाल सरकारले विभिन्न १० वटा शिर्षक लगानी भएको रकममा ५ देखि ६ प्रतिशत ब्याज अनुदान दिएको छ । व्यवसायिक कृषि तथा पशुपन्छीकर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, म हिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा उच्च र प्रविधिक तथा व्यवसायिक शिक्षा कर्जा, कपडा उद्योग सञ्चालन कर्जा, प्राविधिक तथा व्यवसायिक तालिम परिषद्बाट मान्यताप्रापत संस्थाबाट दिईने तालिम र युवा वर्ग स्वरोजगार कर्जा शिर्षकमा ब्याज अनुदान दिएको हो ।

बैक तथा वित्तिय संस्थाहरुले दिने यो ऋणमा आधारदर भन्दा दुई प्रतिशत बढी ब्याज लाग्छ । जस्तै आधारदर १० प्रतिशत छ भने दुई प्रतिशत प्रिमियम जोडेर ब्याजदर १२ प्रतिशत निर्धारण हुन्छ । यसमध्ये कम्तिमा ५ प्रतिशत ब्याज सरकारले भुक्तानी गर्छ । यो ऋण लिनेमा बढीमा ७ प्रतिशत मात्र भुक्तानी गरे पुग्छ । यस खालको ऋण ५६ वटा बैक तथा वित्तिय संस्थाले वितरण गर्दै आइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्