माछापुच्छ्रे बैंक र फेकनबीच विशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता « Arthapath.com
५ भाद्र २०७९, आईतवार

माछापुच्छ्रे बैंक र फेकनबीच विशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता



काठमाडौं । माछापुच्छ्रे बैंक र निःशुल्क शैक्षिक परामर्श संगठन नेपाल (फेकन) बीच बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा फेकनको तर्फबाट अध्यक्ष बासु नेपाल तथा माछापुच्छ्रे बैंकको तर्फ बाट प्रमुख व्यवसाय अधिकृत टिका भट्टराईले हस्ताक्षर गरेका हुन ।

सम्झौता पश्चात फेकनमा आवद्ध कन्सल्टेन्सीहरुलाइ बैंकले शैक्षिक कर्जा एवम् अन्य आवश्यक बैंकिङ्ग सेवासरल र सहज रुपमा उपलब्ध गराउने छ । बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट संघ तथा संघमा आवद्ध कन्सल्टेन्सीहरुलाई निक्षेप खाता, शैक्षिककर्जा तथाअन्य बैंकिङ्ग सुबिधाहरुमाबिशेष सहुलियत प्रदान गर्नेछ । साथै उक्त सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरुले फेकनसँग आवद्ध कन्सल्टेन्सीहरुबाट सजिलै शैक्षिक शुल्क भुक्तानी गर्न सक्नेछन् ।

माछापुच्छ्रे बैंकले हाल देशका७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७शाखारहित बैंकिङ्ग सेवातथा२०७ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाईअत्याधुनिक सेवाप्रदानगर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्