तीजलाई लक्षित गर्दै सिटिजन्स बैंकद्धारा लकर सेवा शूल्कमा विशेष छुटको योजना सार्वजनिक « Arthapath.com
७ भाद्र २०७९, मंगलवार

तीजलाई लक्षित गर्दै सिटिजन्स बैंकद्धारा लकर सेवा शूल्कमा विशेष छुटको योजना सार्वजनिक



काठमाडौं । १५बर्ष देखीअनवरत रूपले सर्वसुलभ र सुरक्षित बैंकिंङ्ग सेवा पु¥याँउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महिलाहरुलाई लक्षित गर्दै हरि तालिका तीज २०७९ र भाद्र महिनामा पर्ने विभिन्न पर्वहरुको अवसरमा लकर सेवाशूल्कमा आकर्षक छुटहरुको योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्र्तगत बैंकले भाद्र महिना भरि लकर शूल्कमा७० प्रतिशत र लकर कि डिपोजिटमा ५० प्रतिशत सम्म छुटको व्यवस्था गरेको छ । यस्ता छुटहरुको सुविधाआदरणीय ग्राहकमहानुभावहरुले सिटिजन्स बैंकको लकर सेवाउपलब्धहुने जुनकुनै शाखाहरुबाटपनिप्राप्तगर्न सक्नुहुनेछ । यस सुविधा बापत ग्राहकहरुले आफ्ना अमूल्य गरगहना, रत्न,वित्तीय वा कानुनी कागजात,महत्वपूर्ण प्रमाणपत्रहरु सजस्तै राहदानी, र अन्यमूल्यवान वस्तुहरू सहज र सुपतशूल्कमा सुरक्षिततवरलेबैंकको लकरमा राख्न सक्नुहुनेछ । यसकासाथै ग्राहाकहरुको सहजताका लागी बैंकले निस्शुल्कडेबिट कार्ड, मोबाईल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरुधेरै पहिले देखिनै प्रदानगर्दे आईरहेको छ ।

आफ्नाआदरणीय ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क, ई.के.वाई.सी। तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ । साथसाथै, यस बैंककाग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द को समेत स्थापना गरिसकेको छ । जसबाट बैंककाग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन ०१ ५९७००६८ नम्बरमा फोन गरी तथामा ईमेल गरी प्राप्तगर्न सक्नुहुनेछ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने तथा डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ४६हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्