गरिमा विकास बैंक र फोकसवान पेमेन्टबीच भुक्तानी सेवा सम्बन्धि सम्झौता

काठमाडौं । विकास बैंकले भिजा कार्डबाट हुने विभिन्न बिल भुक्तानीहरुलाई थप सरल तथा ग्राहक मैत्री बनाउन फोकसवान पेमेन्ट सोलुसनस् प्रा.लि.द्धारा संचालित मोको डिजिटल वालेटसँग सम्झौता गरेको छ ।
सम्झौतापत्र अनुसार, यस विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग कर्ताहरुले आफ्नो भिजा कार्डमोको डिजिटल वालेटमा लिंक गरार्इ विभिन्न सेवाहरु जस्तैःमोबाईल टपअप, ईन्टरनेट÷बिधुत÷खानेपानीको बिलभुक्तानी, हवाईजहाजको टिकटको बिलभुक्तानीलगायतका सेवाहरु सजिलै प्रयोग गर्न सक्नेछन् । साथै, मोको डिजिटल वालेटबाट नेपालभर १५०० भन्दाबढीमर्चेन्टहरुमा स्क्यान टु पे मार्फत सजिलैबिलभुक्तानीगर्न सकिनेछ ।
हाल, यस विकास बैंकले नेपालभर १२० शाखाकार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवाप्रदानगर्दै आईरहेको छ ।