कुमारी बैंकका ग्राहकले द बर्गर हाउसमा १० प्रतिशत छुट पाउने « Arthapath.com
९ भाद्र २०७९, बिहीबार

कुमारी बैंकका ग्राहकले द बर्गर हाउसमा १० प्रतिशत छुट पाउने



काठमाडौं । कुमारी बैंक लिमिटेडले वीरेन्द्रनगर सुर्खेतस्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनमा आएका ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ । द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनका विभिन्न आउटलेट तथा सेवा लिएबापत कुमारी बैंकका ग्राहकहरुले १० प्रतिशत छुट पाउने गरि साझेदारी भएको हो ।

शारीरिक स्फूर्ति र सचेतना पूर्णजागरणका लागी विश्राम अत्यावश्यक रहेको भन्दै कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत द बर्गर हाउसका विभिन्न सेवाहरुमा बैंकका डेबिट\क्रेडिट कार्ड वाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको हो ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४९ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्