प्रभु क्यापिटलको १४औं वार्षिक साधारण सभा भदौं ३१ गते, यस्ता छन् एजेण्डा « Arthapath.com
१० भाद्र २०७९, शुक्रबार

प्रभु क्यापिटलको १४औं वार्षिक साधारण सभा भदौं ३१ गते, यस्ता छन् एजेण्डा



काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले १४औं वार्षिक साधारण सभा भदौं ३१ गतेका लागि बोलाएको छ । साउन ६ गते बसेको संचालक समितिको बैंठकले सभा होटल एलफ्ट छायाँ सेन्टर ठमेल काठमाडौंमा दिउँसो १२.३० बजे बस्ने गरी आव्हान गरेको हो ।

उक्त सभामा क्यापिटलले आर्थिक वर्ष २०७७।७८ मा प्राप्त मुनाफाबाट कर सहित ९ प्रतिशत नगद लाभांश पारित गर्ने छ ।

साथै। सभामा आर्थिक वर्ष २०७८।७९ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्