महालक्ष्मी विकास बैंकद्धारा उच्चतम व्याजदरको महा बचत खाता सार्वजनिक « Arthapath.com
१० भाद्र २०७९, शुक्रबार

महालक्ष्मी विकास बैंकद्धारा उच्चतम व्याजदरको महा बचत खाता सार्वजनिक



काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्म साथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवाप्रदानगर्दै आईरहेको महालक्ष्मीविकास बैंकले उच्चतम व्याजदरको महालक्ष्मी महा बचत खाता सार्वजनिक गरेको छ । यस बचत खातामा बचत खाताहरु मध्ये सबै भन्दा उच्चतम ९ प्रतिशत व्याजदर, निशुल्क एटिएम कार्ड तथा मोवाइल बैकिङ सुविधा प्रदान गरिने कुरा बैंकले जनाएको छ ।

न्यूनतम मौज्दात ५०० रुपैयाँ मै खाता खोल्न सकिने यस बचत खातामा मासिक व्याज भुक्तानी हुनेछ । विगत देखिनै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहि आएको यस बैंकले आम ग्राहकहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै महालक्ष्मी महा बचत खाता सञ्चालनमा ल्याएको हो ।देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाताखोल्न सकिने कुरा बैंकले जनाएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मतीप्रदेशमा ३७, गण्डकीप्रदेशमा ९, लुम्बिनीप्रदेशमा १८, कर्णालीप्रदेशमा २ र सुदुरपश्चिमप्रदेशमा १७वटा गरी कुल १०३ वटाशाखाहरु मार्फत करिब ६ लाखगहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदानगर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्