एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँट सम्पन्न « Arthapath.com
१२ भाद्र २०७९, आईतवार

एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँट सम्पन्न



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र बाँडफाँट सम्पन्न भएको छ । बैंकले साउन १८ गतेदेखि भदौ १ गतेसम्म निष्कासन गरेको एभरेष्ट बैंकको २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र बाँडफाँट भएको हो ।

बैंकले ६ वर्षे अवधि तथा वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर भएको अंकित मूल्य रू. १००० दरका २० लाख कित्ता भदौ १० गते ऋणपत्र बाँडफाँट गरेको हो । बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नामक ऋणपत्रमा निष्कासन गरेको थियो ।

बैंकको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्