नारायणी डेभलपमेन्ट बैंकले १०० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि बोर्डमा दियो आवेदन « Arthapath.com
१२ भाद्र २०७९, आईतवार

नारायणी डेभलपमेन्ट बैंकले १०० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि बोर्डमा दियो आवेदन



काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर निष्कासनका लागि अनुमति माग गरेको छ । बैंकले फेरि पनि १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

यसअघि पनि बैंकले लगातार दुई पटक शतप्रतित हकप्रद सेयर बिक्री गरिसकेको छ । बैंकले १ः१ अनुपातमा २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर जारी गर्न आवेदन दिएको हो । प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्न अनुमति मागेको हो ।

यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । यसअघि पनि बैंकले लगातार दुई पटक शतप्रतित हकप्रद सेयर बिक्री गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्