मुक्तिनाथ विकास बैंकको २२ं.५०लाख सम्मको बीमा सुविधा भएको “मुक्तिनाथ उत्कृष्ट मुद्धती”

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटडले ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे र २२.५०लाख सम्मको बीमा सुविधा दिने“मुक्तिनाथउत्कृष्ट मुद्धती” योजना सञ्चालनमा ल्याएको छ ।
यो योजनाअन्तर्गत व्यतिmगतमुद्धती खातामान्यूनतम ५ लाख रुपैयाँ मौज्दात राखेर मुद्धती खाता खोल्नुहुने खातावालहरुले आफनो लागि १० लाख रुपैयाँ सम्मको दुर्घटना बीमा, २ लाख रुपैयाँको घातक रोग बीमा र ५० हजार रुपैयाँको आवधिक जीवन बीमा, साथै खातावालाको परिवारको कुनै एउटा सदस्यको समेत १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउनु हुनेछ । यस योजनाअन्तर्गत ग्राहकहरुले १ बर्ष देखि २ वर्ष सम्मको मुद्धती खाताखोल्न सक्नुहुनेछ र जतिअवधिको मुद्धती खाताखोल्नुहुन्छ त्यतीनै समय अवधिको लागि बीमा सुविधा प्राप्त गर्नुहुनेछ । यो योजनाबाट ग्राहक वर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्थमा आवद्ध अन्यजुनसुकै बैंकको एटिएम मेसिन बाट निशुल्क रकमझिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड ,मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मातथामिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३)आदि जस्ता सेवाहरु बैंकको शाखामाभौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।