कामना सेवा विकास बैंकको आकर्षक छुटसहित नयाँ डिजिटल सुविधा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल माध्यम मार्फत नयाँ सेवा शुरुवात गरेको छ । बैँकिङ सेवा लिइरहेका आफ्ना ग्राहकहरुमा सहज र सरल तरिकाले वित्तिय पहुँच पु-याउनुका साथै भुक्तानी प्रोत्साहन गर्नको लागि आईतबार देखि शुक्रबार सम्म केएस डिजिटल विक सार्वजनिक गरेको हो ।
बैँकले नगद छोडौं, डिजिटल रोजौं कार्यक्रम अन्तर्गत यसमा कामना सेवा विकास बैंकका क्यूआर मर्चेन्ट क्यूआर प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको अधिकतम ५० रुपैयाँ वा १५ प्रतिशत वोनसवापत कामना सेवा बैंकमा रहेको आफ्नो खातामार्फत् ग्राहकहरुले यो सेवा पाउन सक्नेछन् । यसका साथै बैंकका ग्राहकहरुले समेत डिजिटल कारोबारमा आकर्षक छुट पाउन सक्ने सुविधा उपलब्ध गराइएको बैँकले जनाएको छ । आइएमई पे तथा खल्ति डिजिटल वालेटमा कामना सेवा विकास बैंक लिङ्क गरि १०० रुपैयाँ सम्मको क्यास ब्याक लगायत अन्य थुप्रै छुट सुविधा र आकर्षक उपहारहरु पनि पाउन सक्ने व्यवस्था ल्याएको छ । बैंकले यस योजना आफ्नो डिजिटल सहयोगी माध्यम तथा साझेदारहरु फोनपे, एफवानसफ्ट, एनसीएचएल, भिसा कार्ड, आइएमईपे र खल्ति डिजिटल वालेट संगको संयुक्त साझेदारीमा यो सुविधा ल्याएको हो ।
प्रविधिको विकास सँगसँगै यस बैंकले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो योजना ल्याइएको कामना सेवा विकास बैँकले जानकारी दिएकोे छ । यस्तो योजनाले नेपाल राष्ट्र बैंकले घोषणा गरेको डिजिटल पेमेन्ट इअर विद्युतीय भुक्तानी वर्षलाई टेवा पु-याउने बैंकले विश्वास लिएको छ ।